काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ । प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा 'स्वास्थ्य सोचौं, फार्मासिस्ट सम्झौं' रहेको छ । अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा पेशेवरहरूलाई सम्मान गर्नु रहेको छ । यस दिन…
काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रिजालमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप थियो । सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो । यसअघि सरकारले मंगलबार एकैपटक गृह सचिव गोकर्णमणि दुवाडीको समेत सरुवा गरेको थियो ।
चितवन । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायाणघाट तर्फबाट २-२ वटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् । मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ । डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज बुधबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको…
आशा भुषाल- नेपालमा नायिकाहरूको स्थान, परिश्रम र सामाजिक इज्जत* नेपालको चलचित्र, टेलिभिजन र डिजिटल क्षेत्रमा महिलाहरूको भूमिकामा विगत केही दशकमा उल्लेखनीय विकास आएको छ। तर नायिकाहरूको स्थान, परिश्रम र सामाजिक सम्मान अझै पनि परम्परागत सोच, लैङ्गिक असमानता, र प्रचारमाध्यमहरूका कारण विवादास्पद र चुनौतीपूर्ण बनेको छ। नायिकाहरूको स्थान: अवसर र सीमाहरू नेपालको फिल्म उद्योगमा महिला कलाकारहरू अहिले मुख्य भूमिकामा आउने, कथा बोक्ने र समाजलाई प्रभावित गर्ने ठाउँमा छन्। तारा, रेखा थापा, प्रियंका कार्की, स्वस्तिमा खड्का, मिरुना मगर लगायतले मुख्यधारा फिल्मलाई उचाइमा पुऱ्याएका छन्। तर, अझै पनि: - धेरै स्क्रिप्टहरूमा नायिकालाई "ग्ल्यामर आइटम" को रूपमा मात्र प्रयोग गरिन्छ। - निर्देशक र निर्माता…