काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ । काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएको छ । बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् । साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले…
मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का टोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए । दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाई भएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ । छलफलमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरे । सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले…
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी नेतृत्वलाई लगातार प्रश्न गरिरहेका छन् । बास्कोटाले पछिल्लो पटक सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? भन्ने प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ? भन्ने प्रश्न उठाएका छन् । साथै उनले कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान्न आग्रह गरेका छन् । उनले भनेका छन्- सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो…