भक्तपुर । कक्षा १२ को पूरक परीक्षा आज र भोली हुदै छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले आज र भोली गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली…
धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो । पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिरो हटाउने कार्य गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।
काठमाडौं । आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइदैछ । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट मान्यता पाएसँगै हरेक बर्ष सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको हो । बहिराको अन्तर्राष्ट्रिय सप्ताहको भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो । सेप्टेम्बर २३ कै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि सेप्टेम्बर २३, १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार…
काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ…
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारण आइतबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ । सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा कम्पनीमा पाँच अर्ब २२ करोडको दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्समा ५ अर्ब ८ करोडको दाबी परेको छ भने सबै भन्दा कम ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४१ करोड ५० लाखको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ । बीमा कम्पनीहरूले हरेक दिन आएको दाबीको विवरण दिए अनुसार प्राधिकरणले जानकारी दिएको छ । भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा तोडफोड…