काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दा कर्मचारीले घुस मागेमा आफुलाई सिधै जानकारी गराउन इमेल ठेगाना र टोलफ्री नम्बर सार्बजनिक गरेका छन् । अर्थमन्त्री खनालले अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएमा इमेल वा टोलफ्री नम्बरमा जानकारी गराउन आग्रह गरेका हुन् । सम्पर्क गर्ने ईमेल ठेगाना rameshore@mof.gov.np र gunaso@mof.gov.np र हटलाइन (टोलफ्री) नम्वर १८१०५०००४१० मा सिधै…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति दिएको छ । महानगरका प्रमुख बालेन शाहले एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको जानकारी दिएका छन् । बालेनले कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार र यो बर्ष १ देखि १० सम्म १६ हजार ९८० र ११ मा ३ हजार ३०२ गरि जम्मा २० हजार २८२ ले करिब २ अर्ब २५ करोड बराबरको छात्रवृति पाएको जानकारी दिएका हुन् । बालेनले यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको जानकारी दिदै १६ हजार ९८० जनाले छात्रवृति पाएको बताएका छन्…
काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ गरेको छ । जसमा रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन…
काठमाडौँ । शिक्षा मन्त्री महाबिर पुन अपर्झटमा किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका छन् । मन्त्रीको शपथ लिएपछि प्रतिक्रिया दिदै आफु अपर्झट मन्त्री बनेकोले विज्ञसँग छलफल गरेर कार्यक्रम बनाउने बताउदै किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका हुन् । उनले भने- अब म विज्ञहरुको सुझाव लिन्छु । राम्रा मान्छेको राम्रो सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्छु । मेरो प्राथमिकतामा विज्ञान, प्रविधि र नवप्रवर्तन नै हो तर शिक्षा मन्त्रालय पनि भएकाले शिक्षामा के के गर्छु म विज्ञको सल्लाह गरेर भन्छु । मलाई सेवा सुबिधा केहि चाहिन्न, मन्त्रालयमै बसेर काम गर्छु ।'
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र दशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।