जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा नयां लिङ्गा खडा गर्दै घटस्थापना जुम्ला – कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नया निङ्गा ठड्याएर घटस्थापना गरिएको छ । मन्दिरमा लिङ्गा खडा गरे संगै जुम्लीहरुले घरघरमा घटस्थापना गरेका छन् । परम्परा अनुसारनै मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लीहरुले आफ आफ्नो घरमा घटस्थापना गरेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्याजा (कपडा) राखिन्छ । परम्पुर्खा देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिङ्गाहरु झिकेर नया“ लिङ्गा खडा गर्ने गरेको संस्कृतिकविद एवं स्थानीय जनाकार रमानन्द आचार्यले वताए । ‘तत्कालीन राजाले चिनबाट युद्ध झितेर फर्कदा गजुर ल्याएर मन्दिरमा जढाएको…
काठमाडौँ । स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा नियुक्ति नपाउदै विवादमा परेकी छन् । प्रधानमन्त्री सुशिला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको विषय बाहिर आएपछि उनको नियुक्तिको सम्भावना टरेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले मिश्रको नियुक्ति गर्न रोकेको बुझिएको छ । उनले अब स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्रमाथि लागेका आरोपको विषयमा थप बुझेर निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले आइतबार डा. मिश्रसहित पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
काठमाडौं । महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएपछि आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले आफुलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने परे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका हुन् । साथै उनले आफूलाई मन्त्री भएकोमा बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन आग्रह गरेका छन् । पुनले शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने ठोस काम भए ह्वाटसपमा पठाउन समेत आग्रह गरेका छन् । उनले भनेका छन्- 'मेरो पहिलो घोषणा - कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला ।…
काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ । गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ । डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।
काठमाडौँ । अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् । उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् । क्यारीले च्याटजिपिटीको सुझाव अनुसार निकालेको मुख्य नम्बरहरू र पावर बल नम्बर मिलेपछि उनले एक लाख ५० हजार डलर जितेको मिडिया रिपोर्टमा उल्लेख छ । क्यारीले आफ्नो फोनमा जितको सन्देश प्राप्त गरिन्, उनले यसलाई विश्वास नगरेको बताएकी छन् । जितपछि क्यारीले सबै पैसा तीन परोपकारी संस्थाहरूलाई दान गर्ने निर्णय गरेको बताएकी छन् ।