खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन

देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ । देउवाका निजी सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते विभिन्न समुहले डकैतिको शैलीमा सभापति देउवाको निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेको बताउदै यस्तो अपराधिक घटनापछि सामाजिक सञ्जालमा देउवा निवासमा  अत्यधिक पैसा भेटिएको, पैसाको सुरुंग गरेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोभन्दै यस्ता समाचारको खण्डन गरेका छन् । विज्ञप्ति: गत भाद्र २३ र २४ गते नेपालका जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पूर्ण…
Read More
नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित

नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जेरेमी डोकुले एक एक गोल गरेका थिए । यस खेलमा खेलको २१औं मिनेटमा गिओभानी डि लोरेन्जोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो ।
Read More
राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी

राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।
Read More
आज संविधान दिवस मनाइदै

आज संविधान दिवस मनाइदै

काठमाडौँ । संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका…
Read More
संविधानले नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ- राष्ट्रपति पौडेल

संविधानले नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिने बताएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् । उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको…
Read More