खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र हुदैछ- सिके राउत

नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र हुदैछ- सिके राउत

काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन ११ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् । पार्टीका उपाध्याक्ष अब्दुल खानसहित ६ जना नेताहरूले राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम दिएपछि राउतले यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा ध्यान नदिन र यस विषयमा छलफल बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । राउतले भनेका छन्-  फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी…
Read More
शेयर कारोबार आजदेखि सुचारु हुने

शेयर कारोबार आजदेखि सुचारु हुने

काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ । जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।
Read More
राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको खुलासा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले  राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । सुशान्त प्रधानसँगको पोडकाष्टमा गभर्नर पौडेलले यसक्रममा बैंकमा रहेको ५ करोड नगद र करिब १८ किलो सुन लुटपाट भएको बताएका हुन् । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेपछि सँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो । गभर्नर पौडेलले सार्वजनिक रूपमा मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको बताएका छन् ।  
Read More
एएफसीको एन्फामाथि कारवाही, १० हजार डलर जरीवाना

एएफसीको एन्फामाथि कारवाही, १० हजार डलर जरीवाना

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गर्दै जरिवाना गरेको । समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गर्दै १० हजार डलर जरिवाना गरेको छ ।  एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएकोप्रति एएफसीले एन्फामाथि कारबाही गरेको हो । एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले सो नियम अनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको छ ।  साथै एएफसीले अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिन नपाउने भएको छ । त्यस्तै अनुशासन समितिले जरिवाना गरिएको रकम सेप्टेम्बर २१ सम्ममा तिर्न…
Read More
सरकारका मन्त्रीबाट ध्वस्त संसद भवनको अनुगमन, कुलमान भन्छन्- नयाँ संसद नयाँ भवनबाट

सरकारका मन्त्रीबाट ध्वस्त संसद भवनको अनुगमन, कुलमान भन्छन्- नयाँ संसद नयाँ भवनबाट

काठमाडौँ । सरकारका तीन मन्त्रीहरुले आगजनी गरिएको नयाँ बानेश्वरस्थित संसद भवनको अनुगमन गरेका छन् । बुधबार अनुगमन गरेपछि मिडियाकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री कुलमान घिसिङले नयाँ संसद् अधिवेशन सिंहदरबारमा बनिरहेको भवनबाट शुरु हुने बताए ।मन्त्री घिसिङले नयाँ बनिरहेको संसद भवन पुससम्म बनिसक्ने बताए । उनले भने- धेरै ठुलो क्षति भएको छ । यो क्षतिलाई तत्काल एसेस्मेन्ट गरेर यसलाई कसरी तत्काल र दिर्घकालमा कसरी पूर्ववत अवस्थामा ल्याउन सकिन्छ भन्ने बारेमा काम गर्छौं । तत्काल गर्नुपर्ने कामहरु काम गर्छौं । र अन्य जतिपनि पूर्वाधारहरुमा भएको क्षति केहि मर्मत गरेर अगाडी बढ्छौं भने मर्मत गरेर नहुने पूर्वाधारलाई बनाउन प्रक्रिया शुरु गर्छौं ।' अनुगमनमा अर्थमन्त्री…
Read More