खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम

सिके राउतलाई राजीनामा दिन २४ घन्टे अल्टिमेटम

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् छन् । जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् । उनीहरुले पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावना विपरीतका गतिविधि गरेको भन्दै राजीनामा माग गरिएको छ । राजीनामा माग गर्ने नेताहरूमा उपाध्यक्ष  खानसहित केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घ संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन् ।  
Read More
आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

आज राष्ट्रिय विज्ञान दिवस मनाइदै

काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस मनाइदैछ । यस बर्षको राष्ट्रिय विज्ञान दिवसको नारा 'विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि' भन्ने रहेको छ । विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो…
Read More
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइदै

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइदै

काठमाडौँ । आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाइदैछ । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा आज राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो । मृतक सबैलाई सरकारले शहिद घोषणा गरिसकेको छ । यस आन्दोलनका क्रममा आन्दोलनकारी ५९ जना, कैदीबन्दी १० जना र प्रहरी ३ जनाको मृत्यु भएको सरकारी आँकडा रहेको छ । आज सरकारले देशभर सार्बजनिक बिदा दिएको छ भने देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख…
Read More
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै आइएको छ । आज कालिगढले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् । त्यस्तै आज विश्वकर्माको मूर्ति बाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन । आज…
Read More
१२ बर्षिय नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१२ बर्षिय नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने रामचन्द्र ढुङ्गानालाई प्रहीले पक्राउ गरेको छ । रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
Read More