खोज्नुहोस

खसरैवार

खसरैवार

894 Posts

रास्वपाको महाधिवेशनको दोस्रो दिन: आज उम्मेदवारको मनोनयन दर्ता हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू गरिदैछ । निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । मनोनयन दर्ता गर्दा आयोगले सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने तोकेको छ भने पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र…
Read More

आज तीन संसदीय समितिका बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ८ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक बर्षको मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था…
Read More

विश्वकपमा कतारविरुद्ध क्यानडाको आधा दर्जन गोल

काठमाडौँ । जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । भ्यानकुभरमा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा उनले दोस्रो गोल गर्दै क्यानडालाई ३-० को सहज अवस्थामा पुर्‍याए । खेलको ३३औँ मिनेटमा कतारका होमाम एल अमिनले व्यावसायिक फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । दोस्रो हाफमा नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि क्यानडाको अग्रता ४-० पुगेको थियो । तर खेलको मुख्य चर्चा इस्माइल कोनेको चोट बन्यो ।…
Read More

आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो । प्रत्येक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ । १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । द्वन्द्वमा हुने यौन हिंसाको अन्त्यका लागि यो दिवसको खाका कोरिएको छ । ‘द्धन्द्वसम्बन्धी यौन…
Read More

तराईमा अत्यधिक गर्मी, नेपालगञ्जको खजुरामा ४०.२ डिग्री पुग्यो तापक्रम

काठमाडौँ । देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ। जसअनुसार विहिबार दिउसो ३ बजे बाँकेको नेपालगञ्जस्थित खजुरामा सबैभन्दा धेरै ४०.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, लुम्बिनी, मधेश र मध्य तराईका विभिन्न स्थानमा ३५ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। पश्चिम तराईका केही क्षेत्रमा ३९.१, ३८.८ र ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएकाले ती क्षेत्रमा तातो हावा र अत्यधिक गर्मीको प्रभाव रहेको छ । मध्य तथा पूर्वी तराईका धेरै…
Read More