खोज्नुहोस

खसरैवार

खसरैवार

894 Posts

बर्दियामा करिब २२ लाख ६७ हजार बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा

बर्दिया । बर्दियामा प्रहरीले करिब २२ लाख ६७ हजार रुपैयाँ बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा चोकमा सीमा नाकानजिक गस्ती गर्ने क्रममा साइकलमा ६ वटा बोरामा बोकेर ल्याएका मोबाइल जफत गरेको हो । प्रहरीलाई देखेपछि ती व्यक्तिहरू बोरा छाडेर भागेका थिए । त्यसपछि गरिएको जाँचमा ती बोराभित्र विभिन्न ब्रान्डका मोबाइल फोन भेटिएको हो । बरामद मोबाइलमा लाभा ब्रान्डका ९७२ थान किप्याड मोबाइल रहेका छन् । ती मोबाइलको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि राजापुर भन्सार…
Read More

रास्वपाको केन्द्रीय सदस्यको लागि मतदान आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् । यसअघि मंगलबार एक मात्र उम्मेदवारी परेपछि रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् । आज पहिलो चरणमा ९९ केन्द्रीय सदस्यकोलाई मतदान हुने र यसका लागि करिब ८ घण्टा लाग्ने बताइएको छ । मतदान सम्पन्न…
Read More

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण फैलिएको भन्दै पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो तीन महिनादेखि देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । विभागका अनुसार २०८२ चैत ४ गते मोरङ जिल्लामा पहिलोपटक बर्ड फ्लु (एच ५ एन १ ) पुष्टि भएपछि हालसम्म झापा, मोरङ, सुनसरी,…
Read More
रास्वपा केन्द्रीय सदस्यमा सुदन गुरुङ प्रस्तावकमा अनिल बानियाको उम्मेदवारी दर्ता

रास्वपा केन्द्रीय सदस्यमा सुदन गुरुङ प्रस्तावकमा अनिल बानियाको उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि अनिल बानियाले उम्मेदवारी दर्ता गराएका छन्। । चितवनमा जारी महाधिवेशनमा बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको छ। केन्द्रीय सदस्य पदका लागि बुधबार बिहान खि मतदान हुने कार्यतालिका छ। त्यसअघि विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गरिरहेका छन्। । बानियाको उम्मेदवारीमा नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङ प्रस्तावक रहेका छन्। उम्मेदवारी दर्तापछि बानियाले पार्टीलाई संस्थागत, सुदृढ र जनमुखी बनाउन आफ्नो अनुभव, सिकाइ र ऊर्जालाई उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई थप मजबुत बनाउन आफू सक्रिय रहने बताए। कर्णालीको विकास, समृद्धि तथा सुशासनका…
Read More

इरान-अमेरिकाबीच स्विजरल्याण्डमा वार्ता, पहिलो चरणमै मतभेद

काठमाडौँ । इरान र अमेरिकाका प्रतिनिधिबीच स्विट्जरल्यान्डमा करिब ८० मिनेट लामो वार्ता भएको छ । दुवै देश ६० दिने युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा बदल्ने प्रयासमा रहेका छन् । तर पहिलो चरणकै वार्तामा गम्भीर मतभेद देखिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजराइल र हिजबुल्लाहबीच जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य नभएसम्म थप वार्ता सम्भव नहुने बताएको छ । आगामी बैठक कहिले हुने भन्नेबारे भने अझै टुंगो लागेको छैन । वार्तामा पाकिस्तान र कतारका अधिकारीहरूले मध्यस्थताको भूमिका निभाएका थिए । रिपोर्टका अनुसार अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वार्तामा तीन मुख्य विषयमा अड्चन देखिएको छ । होर्मुज मार्ग पुनः पूर्ण रूपमा खोल्ने विषयमा…
Read More