काठमाडौँ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थामाथि कारबाही गर्दै १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ। अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका संस्थाबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो। पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। कारबाहीमा परेका संस्थामा गुरुबा स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, ट्वेन्टी फोर आवर्स…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक नगरेपछि मतदान बारे अन्योल कायमै रहेको छ । आयोगले सार्बजनिक गरेको तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने थियो । तर अहिलेसम्म पनि प्रारम्भिक सूची सार्वजनिक हुन नसकेपछि अन्योलता बढेको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी-विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण राख्ने काम बाँकी रहेकाले मतदान शुरु हुन ढिला हुने देखिएको छ । यसअघि सभापति पदमा रवि…
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो । उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुँन् । पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई आज हुदैछ । बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ । पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।
काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेल भोली बिहान हुदैछ । अन्तिम खेलमा मेक्सिको र चेक गणतन्त्र तथा दक्षिण कोरिया र दक्षिण अफ्रिका आमने सामने हुदैछन् । दुवै खेल नेपाली समय अनुसार भोली बिहान ६: ४५ बजेदेखि शुरु हुदैछन् । आयोजक राष्ट्र मेक्सिको नकआउट चरणमा पुगिसकेको छ भने दक्षिण कोरिया २ खेलमा ३ अंक हासिल गरेर दोस्रो स्थानमा छ । अर्कोतर्फ चेक गणतन्त्र र दक्षिण अफ्रिका भने अन्तिम ३२ मा स्थान बनाउन संघर्षरत छन् । दुवैको २-२ खेलमा १-१ अंक रहेको छ । मेक्सिकोले पछिल्लो खेलमा दक्षिण कोरियालाई १-० ले हराउँदै समूहको शीर्ष स्थान सुनिश्चित…