काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् । महामन्त्री पदमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै रास्वपाको महिला तर्फको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । चितवनको भरतपुरमा आज भएको पदाधिकारीको मतदानमा दुई सहमहामन्त्रीमा ढकाल र शाह विजयी भएका हुन्। ढकाल प्रतिनिधि सभा सांसद हुन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन् । शाह अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिए । दुई सहमहामन्त्रीको लागि ढकाल र शाहसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू र हिमेश पन्तबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै महिलातर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । महिला सहमहामन्त्रीमा डाँगीसहित जुली यादव,…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फको उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । गौतमले ७८९ मत प्राप्त गरेकी छन् भने कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् ।
काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को अन्तिम खेलमा भोली बिहान हुदैछन् । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि उरुग्वे र स्पेन तथा केप भर्डे र साउदी अरेबिया खेल्दैछन् । यसअघि स्पेनले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने उरुग्वे, केप भर्डे र साउदी अरेबिया बाँकी एक स्थानका लागि प्रतिस्पर्धामा छन् । स्पेन दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । केप भर्डे र उरुग्वेका समान दुई-दुई अंक छन् भने साउदी अरेबियाको एक अंक छ । यस समूहको अन्तिम खेलले दोस्रो टोलीको टुंगो लगाउनेछ । स्पेन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । उरुग्वेले स्पेनलाई हराएमा पाँच…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आजै हुने भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै साँझ साढे ६ बजे महाधिवेशन आयोजना स्थल उद्योग बाणिज्य संघको हलमा शपथ हुने कार्यक्रम तय गरिएको छ । रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै एक महिला उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीको अहिले मतदान जारी रहेको छ । मतदान साढे ४ बजेसम्म जारी रहने आयोगले जनाएको छ । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा ५१ सदस्य सभापतिले…