खोज्नुहोस

खसरैवार

खसरैवार

894 Posts

कति स्थानीय तहले ल्याए बजेट ?

काठमाडौँ । असार १० गतेभित्र अनिवार्य रुपमा सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि पछिल्लो अपडेट अनुसार ५९७ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेको पाइएको छ । बजेट सार्बजनिक भएपछि भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिलेसम्म ५९७ स्थानीय तहले मात्र विवरण पेश गरेका छन् । जसमा कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये १०१, मधेश प्रदेशका १३६ स्थानीय तह मध्ये ९३, बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये ९०, गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये ८१, लुम्बिनी प्रदेशका १०९ स्थानीय तह मध्ये ९२, कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६८र सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये ७२ ले मात्र…
Read More

जनकपुरमा पेस्तोल र चार राउन्ड गोलीसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको 'इगल राप्टोर' लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो। दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
Read More

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर  मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान शुरु गरेको बताएको छ ।  
Read More

कैलालीमा बेपत्ता बालको शव सामुदायिक वनमा फेला

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् । बालक असार १० गते साँझ करिब ५ बजे घरबाट एक्कासी हराएका थिए । परिवारले असार ११ गते प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो । असार १२ गते दिउँसो करिब ३ बजे संयुक्त प्रहरी टोली र आफन्तले खोजतलास गर्ने क्रममा धनगढी-१७ स्थित कालिका सामुदायिक वनमा बालकको शव फेला पारेको हो । घटनाबारे सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  
Read More

एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ । अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्‍याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले…
Read More