काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस । २३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि' भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ…
काठमाडौँ । आज असार १५ । आज धान दिवस अर्थात् दही चिउरा खाने दिन । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । ऐतिहासिक रुपमा हेर्ने हो भने नेवार समुदायमा भोजमा दही बिना भोज नै हुँदैन । गर्भावस्थामा, जन्मदिनको अवसरमा, भोजको अन्तिममा परिकारको रुपमा खाएर भोज समापन गर्ने गरिन्छ । असारमा माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर धान रोप्न सुरु गरिन्छ । रोपाइँको समयमा मरिमेटेर सबैले काम गर्ने गर्छन् । त्यसैले शरीरको आवश्यक शक्ति परिपूर्ति गर्ने खानाको रुपमा पनि दही चिउरालाई लिइन्छ । अर्कोतर्फ दही चिउरा पौष्टिक आहार पनि हो । दही…
काठमाडौँ । असार १० गतेभित्र अनिवार्य रुपमा सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि पछिल्लो अपडेट अनुसार ५९७ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेको पाइएको छ । बजेट सार्बजनिक भएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिलेसम्म ५९७ स्थानीय तहले मात्र विवरण पेश गरेका छन् । जसमा कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये १०१, मधेश प्रदेशका १३६ स्थानीय तह मध्ये ९३, बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये ९०, गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्ये ८१, लुम्बिनी प्रदेशका १०९ स्थानीय तह मध्ये ९२, कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६८र सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये ७२ ले मात्र…
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको 'इगल राप्टोर' लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो। दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान शुरु गरेको बताएको छ ।