बाँके । बाँकेको बैजनाथ-१ हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगञ्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको हो । दुर्घटनामा एम्बुलेन्स चालक ढकालसहित एम्बुलेन्समा सवार रुकुम चौरजहारी- १० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ भने चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ ।
काठमाडौं । यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन देशका सबै भूभागमा विस्तार भएको जानकारी दिएको हो । महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गर्दै कोशी प्रदेशको केही क्षेत्रमा फैलिएको थियो । त्यसपछि असार ८ गतेसम्म कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन विस्तार भएको थियो । नेपालमा सामान्यतया जुन १३ तारिखतिर पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने र करिब एक साताभित्र…
भक्तपुर। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरमा ‘सय धिमे–सय बाजा’ सहितको बृहत् सामूहिक धिमे तथा बाजा प्रस्तुति सम्पन्न भएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, गुठी तथा स्थानीय समुदायका कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले धिमे बाजा, परम्परागत झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेवार समुदायको मौलिक कला, संस्कृति र सांगीतिक परम्परालाई जीवन्त रूपमा प्रदर्शन गरेका थिए। आयोजकका अनुसार विश्व सम्पदा क्षेत्र भए पनि चाँगुनारायणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित रूपमा प्रचार–प्रसार हुन नसकेको अवस्थामा यस कार्यक्रममार्फत चाँगुनारायणको पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्य राखिएको हो। साथै नयाँ पुस्तालाई…
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् । आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए । अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न…
काठमाडौँ । इङल्याण्डमा जारी महिला टी- २० विश्वकपमा भारतको यात्रा समूह चरणमै टुङ्गिएको छ । आइतबार राति लर्ड्समा भएको आफ्नो अन्तिम समूह खेलमा छ पटकको च्याम्पियन अष्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि भारत सेमिफाइनल पुग्न असफल भएको हो । सेमिफाइनलमा स्थान बनाउन भारतलाई अष्ट्रेलियाविरुद्ध जित अनिवार्य थियो । तर महत्त्वपूर्ण खेलमा भारतीय टोलीले दबाब सम्हाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । अष्ट्रेलियाले लगातार पाँचौँ जित निकाल्दै समूह ‘ए’ मा १० अंकसहित शीर्ष स्थान हासिल गर्यो र सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै दक्षिण अफ्रिका ८ अंकसहित समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो । भारतले पाँच खेलमध्ये तीनमा जित र दुईमा…