खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको भेटमा के भयो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र  रास्वपा सभापति रवि लामिछानेबीच आइतबार छलफल भएको छ । हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा  उनीहरूका बीच कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री बालेन स्वयम् सभापति  लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो । गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको बेला शिर्ष नेता बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ छ । यस विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले अहिलेसम्म कुनै सार्बजनिक प्रतिक्रिया दिएका छैनन् । भेटमा पार्टी सभापति रवि लामिछानेले सुकुम्बासी समस्याको तत्काल समाधान…
Read More

विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको १०० खेल पूरा गर्दै अन्तिम चरणमा प्रवेश गरेको छ । अब उपाधिका लागि फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र प्रतिस्पर्धामा बाँकी छन् । विश्लेषकहरुले अहिलेसम्मको खेल विश्लेषण गर्दा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हरायो । स्पेनले अतिरिक्त समयमा मिकेल मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई पराजित गर्‍यो । इङ्ग्ल्यान्डले जुड बेलिङ्घमको दुई गोलमा नर्वेमाथि पुनरागमन जित निकाल्यो भने अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । विशेष कुरा, प्रतियोगिता सुरु हुनुअघि उपाधिका शीर्ष चार दाबेदारका रूपमा छनोट गरिएका चारै टोली सेमिफाइनलमा पुगेका छन् ।…
Read More

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आव २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्था बारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । त्यसैगरी आज दिउसो १ बजे…
Read More

आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइदै

काठमाडौं । आज आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ  । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । १८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो । पाँच बर्ष लागेपछि बाजे श्रीकृष्णले माघ शुक्ल पञ्चमीका दिन भानुभक्तलाई अक्षरारम्भ गराएका थिए । सरल नेपाली भाषामा लेखिएको भगवान रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो…
Read More

सरकार र गणेश नेपालीको परिवारबीच ९ बुँदे सहमति

काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवार र पिडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परिवारका तर्फबाट मृतक नेपालीकी पत्नीसहितबीच सहमति भएको हो । सहमतिका बुँदाहरू:  १- यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ। २- स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका…
Read More