पोखरा । पोखरा महानगरपालिकाले समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वडा नम्बर १७ महतगौँडास्थित जानकी माध्यमिक विद्यालयमा अटिजम प्रभावित बालबालिकाका लागि स्रोत कक्षा सञ्चालनमा ल्याएको छ। महानगर प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा स्रोत कक्षाको शुभारम्भ गरेका हुन् । हाल उक्त कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्दै कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ । शुभारम्भ कार्यक्रममा प्रमुख आचार्यले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने बताए । फरक क्षमता भएका बालबालिकालाई गुणस्तरीय र पहुँचयुक्त शिक्षा उपलब्ध गराउन महानगर प्रतिबद्ध रहेको उनको भनाइ…
चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा आइतबार साँझदेखि पहिरो र लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सडक अवरुद्ध हुँदा सडकखण्डको बीचमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई आइतबार रातिसम्म पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो । तर लगातार वर्षा भइरहेका कारण यस क्षेत्रमा थप पहिरो जाने उच्च जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ । हाल जलविरे नजिक पुनः पहिरो खसेको छ । अन्य स्थानमा खसेको पहिरो र लेदो हटाउन…
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । मन्त्री गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई…
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान…