काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले शेयर बजारमा प्रवेश गर्दा देखिएको उत्साह केही सातामै कमजोर बनेको छ । प्रारम्भिक दिनमा तीव्र रूपमा बढेको कम्पनीको शेयर मूल्य अहिले उल्लेख्य रूपमा घटेपछि सुरुवाती चरणमा लगानी गर्ने धेरै खुद्रा लगानीकर्ता घाटामा परेका छन् । जुन १२ मा कम्पनीले प्रतिशेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन गरेको थियो । तर कारोबार सुरु हुनेबित्तिकै शेयर मूल्य १५० डलर पुगेको थियो । पहिलो दिनमै मूल्य १७६ डलरसम्म पुगेपछि अन्त्यमा १६०.९५ डलरमा कारोबार बन्द भएको थियो । त्यसको एक साताभित्रै शेयर मूल्य २२५ डलरसम्म पुगेको थियो । त्यससँगै बजार पूँजीकरणका आधारमा स्पेसएक्सले…
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशभरका १३ स्थानमा सडक सञ्चालन प्रभावित भएको छ । तीमध्ये पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा छ स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने दुई सडकखण्डमा सवारी आवागमन नै रोकिएको छ। कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–४ राजदुवालीदेखि तालचुङ सडकखण्डसम्म पर्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पनि पहिरोका कारण पूर्ण…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो । अदालतले कसुर अनुसार कैद र जरिवाना भनी अलग अलग सजाय किटान गरे पनि जुन कसुरमा सबभन्दा बढी कैद सजाय तोकिएको छ, उनीहरूले त्यो मात्र भुक्तान गरे हुने कानुनी प्रावधान रहेको छ । जरिवानाको हकमा भने सबै कसुरमा तोकिएको जरिवाना तिर्नुपर्ने व्यस्था छ । नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को ११ को २ र ३ मा यस सम्बन्धि व्यवस्था गरिएको…
काठमाडौँ । आज विश्व युवा सीप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । युवालाई रोजगारी, स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक सीप विकासको महत्व उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई विश्व युवा सीप दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यस वर्ष ‘साझा भविष्यका लागि सीप’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । कृत्रिम बुद्धिमत्ता, हरित अर्थतन्त्र, डिजिटल प्रविधि र बदलिँदो श्रम बजारका कारण रोजगारीको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेका बेला युवालाई प्राविधिक सीपसँगै डिजिटल, सामाजिक, नेतृत्व, वातावरणीय तथा समस्या समाधान गर्ने क्षमताले पनि सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार…
काठमाडौं । सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त…