खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज दिउसो १ बजेदेखि बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ । बैठक सिंहदरबारस्थित सङ्‍घीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष बस्ने समितिले जनाएको छ ।  
Read More

सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन तथा भावी योजना प्रस्तुत गरेका थिए । बैठकले जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधि तथा अन्य स्रोत–साधनको प्रदेशगत रूपमा विस्तृत नक्साङ्कन गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति गरेको छ। त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित,…
Read More

आज विश्व सर्प दिवस मनाइदै: संरक्षण र जनचेतनामा जोड

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो । विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन…
Read More

शैक्षिक परामर्श नियमावली संशोधनको विरोधमा आन्दोलनको घोषणा

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुले नियमावली जारी गर्नुअघि सरोकारवाला संस्था तथा व्यवसायीसँग पर्याप्त छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् । नियमावलीका केही व्यवस्थाले विद्यार्थीको सूचनाको हक, निजी क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षामा पहुँचको अधिकारमा असर पार्ने दाबी गर्दै वर्तमान स्वरूपमा कार्यान्वयन भए शैक्षिक परामर्श व्यवसाय नै संकटमा पर्ने चेतावनी दिएका छन् । उनीहरुले अनुमतिपत्रको अवधि एक वर्षको सट्टा पाँच वर्ष कायम गर्नुपर्ने, नवीकरण प्रक्रिया सहज र झन्झटरहित…
Read More

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले दुवै पदाधिकारीलाई शपथ गराएका हुन् । यसअघि शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  
Read More