काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । विधानअनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेका कारण असार १ गते प्रदेशहरुको बजेट आएको हो । बाँकी प्रदेशमा समयमै बजेट प्रस्तुत गरिएको भएपनि सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच विवाद हुदा राति साढे ११ बजेपछि बसेको प्रदेशसभामा बजेट प्रस्तुत गरिएको थियो । मधेश प्रदेश मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का…
लाल बहादुर जिसी कनकासुन्दरी–४, धोविघाट, सिंजा, जुम्ला नेपालको लोकतान्त्रिक आन्दोलन, शिक्षा विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा कर्णालीका अग्रणी व्यक्तित्वका रूपमा स्वर्गीय लाल हमालको नाम सम्मानका साथ स्मरण गरिन्छ। पाँच दशकभन्दा बढी समय लोकतन्त्र, सामाजिक सेवा र नेपाली कांग्रेसको आदर्शप्रति अविचलित रही योगदान पुर्याउनुभएका हमाल कर्णाली क्षेत्रका प्रजातान्त्रिक आन्दोलनका एक सशक्त हस्ती हुनुहुन्थ्यो। वि.सं. १९९३…
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका वडा- १३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन पदाधिकारीहरूले रूख कटान गरी काठ बिक्रीबाट प्राप्त रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । अनुसन्धानका क्रममा तत्कालीन अध्यक्ष लोक बहादुर महतारा, सचिव मान कुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा अनियमितता गरी रकम हिनामिना गरेको देखिएको उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा लगत संकलनको सहमति लिएर कटान गरिएको काठ आर्थिक वर्ष २०७८/०७९ मा चिरान गरी बिक्री गर्दा ९८१.२४ क्यू फिट काठ न्यूनतम दररेटअनुसार बिक्री भएको भए पनि हुने आम्दानीभन्दा ९५ हजार ,११८ कम देखाई लेखापरीक्षण…
धनगढी । कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा सहभागी अन्य कर्मचारीको खोजी गरिरहेको र उनीहरु सम्पर्कमा नरहेको बताएको छ । घटनाको विषयमा प्रशासनले दुई पक्षबीच छलफल गरेपनि ठोस सहमति भने नभएको बताइएको छ । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले जेठ २९ गते टेम्पोलाई धकेलेर भीरमा पल्टाइदिएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ । टेम्पो सञ्चालक घनश्याम धामीकी श्रीमती धनादेवी धामीले टेम्पो घरमै राख्ने र कहिलेकाहीँ मात्र पसलमा छोड्ने गरिएको बताएकी छन् । उनका अनुसार जेठ २९ गते पसल हटाउने विषयमा वन कर्मचारी र उनका श्रीमानबीच विवाद भएको थियो । उनले…
काठमाडौं । आज १५ जुन अर्थात् ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यसवर्ष यो दिवसको विषयवस्तु 'जागरूकताभन्दा बाहिर: ज्येष्ठ नागरिक दुर्व्यवहार रोकथाम कार्य' भन्ने रहेको छ । जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो । विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत…