खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

एनपीएल तेस्रो सिजनको खेलाडी अक्सन आज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन आज हुदैछ । खेलाडी अक्सन आज अपराहन्न ३: ४५ बजेदेखि हुने छ भने यसको प्रत्यक्ष प्रशारण एनपीएलको युट्युब च्यानलमा हुने क्यानले जानकारी दिएको छ । आज हुने अक्सनमा तीन  क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । जस अनुसार क्याटोगरी ए मा  अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना  क्याटोगरी सी मा रहेका छन् । त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २-२ जना नेपाली खेलाडी थप…
Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ  । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक अपराहन्न १२: १५ बजेदेखि शुरु हुदैछ । आज राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरू मध्ये छलफल उठेका प्रश्नको विभिन्न मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । आज युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा…
Read More

आज विश्व ग्रामीण विकास दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ सेप्टेम्बर ६ मा जुलाई ६ लाई विश्व ग्रामीण विकास दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । यसको उद्देश्य ग्रामीण क्षेत्रमा रहेका गरिबी, असमानता र विकासका चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुका साथै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलवायु अनुकूलन र रोजगारीमा लगानी बढाउन प्रोत्साहन गर्नु हो । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ८० प्रतिशत अति गरिब मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, जहाँ दैनिक आम्दानी…
Read More

अन्तर्राष्ट्रिय फुटबल यात्रालाई नेइमारले दिए पूर्णविराम

काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेइमारले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका छन् । फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग २- १ गोलले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई पूर्णविराम दिएका हुन् । अमेरिकाको मेटलाइफ रंगशालामा आइतबार भएको खेलपछि भावुक बनेका ३४ वर्षीय नेइमार मैदानमै आँसु झार्दै देखिएका थिए । उनले यही रंगशालाबाट आफ्नो यात्रा सुरु भएको र यहीँ अन्त्य भएको भन्दै अब राष्ट्रिय टोलीका लागि नखेल्ने घोषणा गरे । नेइमार मे महिनामा सान्तोस फुटबल क्लबबाट खेल्ने क्रममा पिँडुलाको चोट बोकेका कारण विश्वकप टोलीमा पर्ने वा नपर्नेमा अन्योल थियो । तर प्रशिक्षक कार्लो आन्सेलोटीले उनलाई अन्तिम टोलीमा समेटेका…
Read More

सरकारले सय दिनमा के के गर्यो ? (पूर्ण पाठ)

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले आफ्नो सय दिनमा गरेका कामको  विवरण सार्बजनिक गरेको छ । सरकारका १०० दिनका उपलब्धीबारे शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार जानकारी गराएका हुन् । शाह नेतृत्वको सरकारको सरकार गठन भएको आज सय दिन पुरा भएको हो । सरकारका एक सय दिनका मुख्य उपलब्धिहरु सम्वत् २०८२ भदौ २३ र २४ गते जेन्जी पुस्ताको नेतृत्वमा सम्पन्न ऐतिहासिक जनआन्दोलनबाट अभिव्यक्त सुशासन, उत्तरदायी शासन तथा शासकीय रूपान्तरणप्रतिको जनआकाङ्क्षालाई लोकतान्त्रिक प्रक्रियामार्फत संस्थागत गर्दै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुइ तिहाई…
Read More