काठमाडौँ । जारी फिफा विश्वकपको अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान अन्तिम ३२ का खेलहरुसकिएसँगै नकआउट चरणको अन्तिम १६ को समीकरण पुरा भएको हो । अन्तिम ३२ बाट जर्मनी, नेदरल्याण्डस, सेनेगल, जापान जस्ता देशहरु बाहिरिएका छन् भने केप भर्डेजस्तो सानो देशले अनुशासित र शानदार फुटबल खेलेर सबैलाई प्रभावित पारेको छ । विश्वकपबाट बाहिरिए पनि अर्जेन्टिना जस्तो बलियो टिमलाई केप भर्डेले दिएको चुनौतीको सबैले प्रसंशा गरेका छन् । विश्वकपको अन्तिम १६ मा आयोजक तीन देश अमेरिका,मेक्सिको र क्यानडा पुगेका छन् । त्यस्तै फ्रान्स, पराग्वे, मोरक्को, पोर्चुगल, स्पेन, बेल्जियम, ब्राजिल नर्वे, इङल्याण्ड, अर्जेन्टिना, इजिप्ट, स्वीजरल्याण्ड र कोलोम्बिया पुगेका…
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस बर्षको सहकारी दिवसको नारा ‘शान्तिपूर्ण विश्वका लागि सहकारी’ रहेको छ । सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो । सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । नेपालमा भने विस २०१० सालमा सहकारी सोचको संस्थागत विकास भएको हो । तर…
काठमाडौँ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको हो । आज असार २० गते घटनास्थल पुगेर ती उपकरणसहित खोजीकार्य हुनेछ । सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट…
काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक अन्य क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सानीगाड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १३.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एग्रीकल्चरल…
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा प्रतियोगिताकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक मानिएको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलेको केप भर्डेबीच भोली बिहान खेल हुदैछ । अमेरिकाको मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ३: ४५ बजेदेखि शुरु हुँदैछ । विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको हो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ । अर्जेन्टिना समूह चरणका तीनै खेल जित्दै अपराजित रूपमा अन्तिम ३२ मा पुगेको हो । उता, केप भर्डेले तीनै खेल बराबरी खेल्दै नकआउट चरणमा स्थान…