खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

रास्वपाले आफ्ना सांसदहरूलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई  जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो । बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने,  निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग…
Read More

विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ । विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी पत्नी दोमायाले दायर गरेको रिट खारेज गरेको हो । योसँगै पौडेल तत्काल नछुट्ने भएका छन् । पौडेललाई आजै मात्र विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ ।  यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।  
Read More

एन्फामा अब राजनीतिक हस्तक्षेप हुन दिदैनौं, फुटबलमा योगदान दिएको व्यक्तिले नेतृत्व गर्नुपर्छ- मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अब एन्फामा राजनीतिक हस्तक्षेप हुन नदिने बताएका छन् । एन्फालाई फिफाले गरेको निलम्बन बारे सोधिएको प्रश्नको जवाफ दिदै मन्त्रीले एन्फामा विगतमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार भएको भन्दै अब त्यसो हुन नदिने बताएका हुन् । उनले फिफाले निलम्बन गर्दा दुख लागेको भएपनि अहिले नेपाली फुटबल यो भन्दा ताल जाने ठाउनै नभएकाले बोल्ड स्टेप लिएर एन्फा सुधार्ने बताए । उनले भने- 'अब बन्ने एन्फामा जसले फुटबलमा योगदान गरेका छन्, त्यस्ता व्यक्तिलाई ल्याएर एन्फा बनाउछौं । यो भन्दा तल जाने ठाउ नै छैन, अहिले फिफाले निलम्बन गर्दा दुख त लागेको छ । अब तल कति जान्छ…
Read More

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने बताएको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको बताएको हो । मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी)  सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ ।  भारतसँग जिटूजि मार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ । त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने…
Read More

कर्मचारीको सरुवा डिजिटल प्रणालीमार्फत: आवेदनदेखि निर्णयसम्म सबै अनलाइनबाट

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो । मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ । यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ। यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने…
Read More