काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विशेष निर्देशन जारी गरेको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ कायम गर्न निर्देशन दिएको हो । होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउदै नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएकाले सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। गृहमन्त्रीको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयलाई…
काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको १३ करोड ३९ लाख बराबरको कारोबार भएको…
बाँके । बाँकेको बैजनाथ-१ हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगञ्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको हो । दुर्घटनामा एम्बुलेन्स चालक ढकालसहित एम्बुलेन्समा सवार रुकुम चौरजहारी- १० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ भने चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको छ ।
काठमाडौं । यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन देशका सबै भूभागमा विस्तार भएको जानकारी दिएको हो । महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गर्दै कोशी प्रदेशको केही क्षेत्रमा फैलिएको थियो । त्यसपछि असार ८ गतेसम्म कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन विस्तार भएको थियो । नेपालमा सामान्यतया जुन १३ तारिखतिर पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने र करिब एक साताभित्र…
भक्तपुर। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरमा ‘सय धिमे–सय बाजा’ सहितको बृहत् सामूहिक धिमे तथा बाजा प्रस्तुति सम्पन्न भएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, गुठी तथा स्थानीय समुदायका कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले धिमे बाजा, परम्परागत झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेवार समुदायको मौलिक कला, संस्कृति र सांगीतिक परम्परालाई जीवन्त रूपमा प्रदर्शन गरेका थिए। आयोजकका अनुसार विश्व सम्पदा क्षेत्र भए पनि चाँगुनारायणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित रूपमा प्रचार–प्रसार हुन नसकेको अवस्थामा यस कार्यक्रममार्फत चाँगुनारायणको पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्य राखिएको हो। साथै नयाँ पुस्तालाई…