खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

रास्वपा पदाधिकारीको मतदान बारे अझै अन्योल, सहमतिको प्रयास गरिदै

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक नगरेपछि मतदान बारे अन्योल कायमै रहेको छ । आयोगले सार्बजनिक गरेको तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने थियो । तर अहिलेसम्म पनि प्रारम्भिक सूची सार्वजनिक हुन नसकेपछि अन्योलता बढेको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी-विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण राख्ने काम बाँकी रहेकाले मतदान शुरु हुन ढिला हुने देखिएको छ । यसअघि सभापति पदमा रवि…
Read More

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वा म्याग्दीबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो । उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुँन् । पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।  
Read More

विष्णु पौडेल पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई आज हुदैछ । बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ । पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।  
Read More

विश्वकपमा समुह ए का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउट चरणको समीकरण ?

काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेल भोली बिहान हुदैछ । अन्तिम खेलमा मेक्सिको र चेक गणतन्त्र तथा दक्षिण कोरिया र दक्षिण अफ्रिका आमने सामने हुदैछन् ।  दुवै खेल नेपाली समय अनुसार भोली बिहान ६: ४५ बजेदेखि शुरु हुदैछन् । आयोजक राष्ट्र मेक्सिको नकआउट चरणमा पुगिसकेको छ भने दक्षिण कोरिया २ खेलमा ३ अंक हासिल गरेर दोस्रो स्थानमा छ । अर्कोतर्फ चेक गणतन्त्र र दक्षिण अफ्रिका भने अन्तिम ३२ मा स्थान बनाउन संघर्षरत छन् । दुवैको २-२ खेलमा १-१ अंक रहेको छ । मेक्सिकोले पछिल्लो खेलमा दक्षिण कोरियालाई १-० ले हराउँदै समूहको शीर्ष स्थान सुनिश्चित…
Read More

बर्दियामा करिब २२ लाख ६७ हजार बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा

बर्दिया । बर्दियामा प्रहरीले करिब २२ लाख ६७ हजार रुपैयाँ बराबरका अवैध मोबाइल फोन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा चोकमा सीमा नाकानजिक गस्ती गर्ने क्रममा साइकलमा ६ वटा बोरामा बोकेर ल्याएका मोबाइल जफत गरेको हो । प्रहरीलाई देखेपछि ती व्यक्तिहरू बोरा छाडेर भागेका थिए । त्यसपछि गरिएको जाँचमा ती बोराभित्र विभिन्न ब्रान्डका मोबाइल फोन भेटिएको हो । बरामद मोबाइलमा लाभा ब्रान्डका ९७२ थान किप्याड मोबाइल रहेका छन् । ती मोबाइलको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि राजापुर भन्सार…
Read More