खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

रास्वपा सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । चितवनको भरतपुरमा आज भएको पदाधिकारीको मतदानमा दुई सहमहामन्त्रीमा ढकाल र शाह विजयी भएका हुन्। ढकाल प्रतिनिधि सभा सांसद हुन् भने शाह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन् । शाह अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिए । दुई सहमहामन्त्रीको लागि ढकाल र शाहसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू र हिमेश पन्तबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै महिलातर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् । महिला सहमहामन्त्रीमा डाँगीसहित जुली यादव,…
Read More

रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिलातर्फको उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन् । गौतमले डा. तोसिमा कार्कीलाई पराजित गरेकी हुन् । गौतमले ७८९ मत प्राप्त गरेकी छन् भने कार्कीले ५७२ मत प्राप्त गरेकी थिइन् ।  
Read More

विश्वकपमा समुह ‘एच’ का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउटको समीकरण ?

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को अन्तिम खेलमा भोली बिहान हुदैछन् । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि उरुग्वे र स्पेन तथा केप भर्डे र साउदी अरेबिया खेल्दैछन्  । यसअघि स्पेनले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने उरुग्वे, केप भर्डे र साउदी अरेबिया बाँकी एक स्थानका लागि प्रतिस्पर्धामा छन् ।  स्पेन दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । केप भर्डे र उरुग्वेका समान दुई-दुई अंक छन् भने साउदी अरेबियाको एक अंक छ । यस समूहको अन्तिम खेलले दोस्रो टोलीको टुंगो लगाउनेछ । स्पेन यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । उरुग्वेले स्पेनलाई हराएमा पाँच…
Read More

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै साँझ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आजै हुने भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै साँझ साढे ६ बजे महाधिवेशन आयोजना स्थल उद्योग बाणिज्य संघको हलमा शपथ हुने कार्यक्रम तय गरिएको छ । रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।  त्यस्तै एक महिला उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीको अहिले मतदान जारी रहेको छ ।  मतदान साढे ४ बजेसम्म जारी रहने आयोगले जनाएको छ । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा ५१ सदस्य सभापतिले…
Read More

शैक्षिक परामर्श संस्थाका १८ सञ्चालक तथा प्रतिनिधि पक्राउ

काठमाडौँ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थामाथि कारबाही गर्दै १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ। अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका संस्थाबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो। पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। कारबाहीमा परेका संस्थामा गुरुबा स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, ट्वेन्टी फोर आवर्स…
Read More