काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ८ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक बर्षको मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था…
काठमाडौँ । जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । भ्यानकुभरमा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा उनले दोस्रो गोल गर्दै क्यानडालाई ३-० को सहज अवस्थामा पुर्याए । खेलको ३३औँ मिनेटमा कतारका होमाम एल अमिनले व्यावसायिक फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । दोस्रो हाफमा नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि क्यानडाको अग्रता ४-० पुगेको थियो । तर खेलको मुख्य चर्चा इस्माइल कोनेको चोट बन्यो ।…
काठमाडौँ । आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो । प्रत्येक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ । १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । द्वन्द्वमा हुने यौन हिंसाको अन्त्यका लागि यो दिवसको खाका कोरिएको छ । ‘द्धन्द्वसम्बन्धी यौन…
काठमाडौँ । देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ। जसअनुसार विहिबार दिउसो ३ बजे बाँकेको नेपालगञ्जस्थित खजुरामा सबैभन्दा धेरै ४०.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, लुम्बिनी, मधेश र मध्य तराईका विभिन्न स्थानमा ३५ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ। पश्चिम तराईका केही क्षेत्रमा ३९.१, ३८.८ र ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएकाले ती क्षेत्रमा तातो हावा र अत्यधिक गर्मीको प्रभाव रहेको छ । मध्य तथा पूर्वी तराईका धेरै…
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको हो। मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीहरूको वास्तविक अवस्था पहिचान गर्न १० बुँदे कार्ययोजना ल्याईएको हो । कार्ययोजनाअनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा कोपोमिस प्रणालीमा आबद्ध गराइनेछ। त्यस्तै सहकारी ऐनअनुसार संस्थाहरूको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइनेछ। मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी…