काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो। सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत…
काठमाडौँ । काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको सम्बन्धि मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । जसअनुसार आज विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ…
काठमाडौँ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अन्तरिम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी राष्ट्रपति मसुद पेजेशकियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईआरएनएले सार्वजनिक गरेका तस्बिरमा राष्ट्रपति पेजेशकियानले सम्झौतासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरिरहेको तथा दुवै नेताको हस्ताक्षर भएको कागजात देखाउँदै गरेको दृश्य समावेश गरिएको छ । राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साय दरबारमा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता सम्पन्न भएको भर्साय दरबार ऐतिहासिक रूपमा पनि महत्वपूर्ण स्थान मानिन्छ । सन् १८७१ मा फ्रान्सले जर्मनीसँग प्रारम्भिक शान्ति सन्धिमा यहीँ हस्ताक्षर गरेको थियो भने सन् १९१९ मा…
काठमाडौँ । पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ । प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक बटुल्न सफल भएको हो । खेलको छैटौँ मिनेटमै मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पेड्रो नेटोको बायाँ विङबाट आएको क्रसलाई उनले जाली चुमाएका थिए । त्यसपछि पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकेन । लगातार बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सिर्जना गर्न टोली असफल रह्यो । पोर्चुगलको यही कमजोरीको फाइदा डिआर कङ्गोले पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा उठायो । आर्थर मासुआकुको…
काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो । मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो । मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको रेकर्डको बराबरी गरेका हुन् । दुवैले विश्वकपमा १६-१६ गोल गरेका छन् । त्यसैगरी मेसीले छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको किर्तिमान बनाएका छन् । यो जितपछि अर्जेन्टिनाको समुह जे मा ३ अंक भएको छ । अब अर्जेन्टिनाले अर्को खेल जुन…