काठमाडौँ । यस बर्षको राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ । २३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि' भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो । नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको…
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । चालु आर्थिक वर्ष २०८२।८३ का लागि मन्त्रिपरिषद्को बैठकले चैत्र २४ गते १८ प्रतिशतसम्म चिस्यान भएको चैते धान बालीको प्रति क्विन्टल २ हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ । निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा सहयोग गर्न सरोकारवाल निकायसँग आग्रह…
काठमाडौँ । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइदैछ । रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवसको नारा 'ग्रामीण लचिलोपन, उद्यमशीलता र रोजगारीका लागि रेमिट्यान्स' भन्ने रहेको छ । यस विषयवस्तु अन्तर्गत, ग्रामीण क्षेत्रहरूमा रेमिट्यान्स प्रवाहको परिवर्तनकारी प्रभावलाई प्रकाश पार्छ, जहाँ गरिबी, जलवायु जोखिम र सीमित आर्थिक अवसरहरू प्रायः एकअर्कासँग जोडिएका हुन्छन् । यो दिवस सबै भन्दा पहिला २०१५ मा मनाउन शुरु गरिएको हो ।
काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । विधानअनुसार संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेका कारण असार १ गते प्रदेशहरुको बजेट आएको हो । बाँकी प्रदेशमा समयमै बजेट प्रस्तुत गरिएको भएपनि सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच विवाद हुदा राति साढे ११ बजेपछि बसेको प्रदेशसभामा बजेट प्रस्तुत गरिएको थियो । मधेश प्रदेश मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का…