काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रियसभामा दलको नेताको परिवर्तन शुभ संकेत नभएको टिप्पणी गरेका छन् । खड्काले सामाजिक सञ्जालमा लेख्दै मनोनयन र परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार दलको नेतालाई नै रहेको भएपनि देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिरहेको र पार्टी भित्रै विवाद बढेर मन विभाजित भएको अवस्थामा एकताको पहल गर्नुपर्ने अवस्थमा कुनै सुचना बिना नेता परिवर्तन गरिनु शुभ संकेत नभएको बताएका हुन् । खड्काले पार्टीका एक अनुभवी तथा अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत नराखी पूर्व जानकारी बिना नै अचानक हटाउने निर्णय गरिएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन् । उनले काँग्रेसको एकताको अपरिहार्य आवश्यकता रहेको ऐतिहासिक…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित मध्यम सम्मको वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राती…
काठमाडौं । आज नरसिंह जयन्ती मनाइदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । आजको दिन नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । नरसिंह जयन्तीले हामीलाई अधर्मको विनाश गर्नुपर्छ भन्ने सिकाउछ । भगवान नरसिंहले हिरण्यकश्यपलाई मारेर दुष्टता नष्ट गरेका थिए । यसले हामीलाई सधैँ खराबीविरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिन्छ । नरसिंह जयन्तीका दिन भगवान विष्णुको नरसिंह अवतारको पूजा गरिन्छ । भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको रक्षा गर्न र हिरण्यकशिपुको हत्या गर्न नरसिंह अवतार लिएका थिए । नरसिंह जयन्ती हरेक वर्ष भगवान नरसिंहको जन्मजयन्तीका रूपमा…
काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेका ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ । भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो । यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता…