काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ ।
काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो । सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेको रिटमा वैशाख २२ गते अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ ।
काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो । साथै विभागले बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र बजारबाट फिर्ता गराउन निर्देशन दिएको छ । उद्योगहरूले बेकरी सर्टेनिङको उत्पादन, प्याकेजिङ तथा तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ। विभागले भनेको छ: यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री…
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन आज निर्वाचनबाट हुदैछ । कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरू गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता र निर्वाचन प्रक्रिया हुँदैछ । त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलमा संशोधित विधान पेश गरेको छ । २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश भएको छ । दलमा पेश भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ । त्यस्तै…
काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । यस बर्षको खोप सप्ताहको विषयवस्तु 'प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ' भन्ने रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ । बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ । यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई गाउँ टोलमा सोध खोज…