खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

विश्वकपमा अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए । त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए । समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् । त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा…
Read More

सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना

काठमाडौं । सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो । निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो । अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत…
Read More

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको मृत्यु, १५ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा जेठ २९ गते यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाईते भएका १५ जनालाई उद्धार गरिएको छ भने ८ जनाको घटनास्थलमा मुत्यु भएको छ । बनेपाबाट रोशीको खाड्पाचोक जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करीव ३ सय मिटर तल खसेको थियो । सो दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो । उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।  
Read More

सोलुखुम्बुमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोलुखुम्बु । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–२ सल्यान चौतारा टोल निवासी २६ वर्षीय दिनेश नेवार (प्रधान) पक्राउ परेका हुन् । उनीविरुद्ध परिवर्तित नाम सोलुखुम्बु–२२ए (०८२/०८३) ले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो। जाहेरीअनुसार २०८२ चैत १८ गते राति करिब ९ बजे मदिरा सेवन गरेका नेवार पीडिताको कोठामा प्रवेश गरी डर, त्रास देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए । घटनापछि फरार रहेका नेवारलाई खोजतलासका क्रममा जेठ २७ गते राति करिब ८ बजे प्रहरी गस्ती टोलीले सोलुदुधकुण्ड नगरपालिका–५ स्थित सल्लेरी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको…
Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।  
Read More