काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ । उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको थियो । विश्वकप इतिहासमा यी दुई टोली एकपटक मात्र आमनेसामने भएका थिए। सन् २०१० को विश्वकपको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । विश्व वरीयताका…
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषी र कृषी विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। जसमध्ये हाम्रो नयाँ कृषी सहकारीको १२ जना र कृषी विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू छन् । समितिले वैशाख २३ गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ ।…
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिदैछ । निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जानकारी दिदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् । उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् । सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको…
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । नेपाली दर्शकहरूका लागि यो विशेष कार्यक्रम नेपाली समयअनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ । यसपटकको उद्घाटन समारोहको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध पप स्टार शकिरा हुनेछिन् भने उनीसँगै संसारभरका स्थापित कलाकारहरू एउटै मञ्चमा देखिनेछन्…
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२६ नजिकिदै गर्दा सबै चासो अब फुटबलको यस महाकुम्भतर्फ भएको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको यो संस्करण अहिलेसम्मकै ठूलो मानिएको छ । यसपटक ४८ टोली सहभागी हुँदैछन्, जसले गर्दा पहिलो पटक धेरै नयाँ र चर्चित खेलाडीहरू विश्व मञ्चमा देखिन लागेका छन् । लामो समयदेखि प्रतीक्षा गरिरहेका केही खेलाडी उमेर वा चोटका कारण पहिलेका विश्वकप गुमाएका थिए भने केही आफ्नो देशले छनोट नपाउँदा बाहिर थिए । अब उनीहरू पहिलो पटक विश्वकपको दबाब र चमकबीच मैदानमा उत्रिँदैछन् । इर्लिङ हालान्ड (नर्वे) नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा…