खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन् । यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ । एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट…
Read More

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ । संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन्…
Read More

मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हुने भएको छ । पहिलो पटक ४८ टोली सहभागी हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । तर यो विश्वकप केवल नयाँ ढाँचाका कारण मात्र होइन, पछिल्ला करिब दुई दशकदेखि विश्व फुटबलमा राज गर्दै आएका धेरै महान् खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप पनि बन्ने देखिएको छ । धेरै दिग्गज खेलाडीहरूका लागि यो अन्तिम ठूलो अवसर हुन सक्छ, जहाँ उनीहरू विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जितेर अन्तर्राष्ट्रिय करियरलाई सम्मानजनक बिदाइ दिन चाहन्छन् । विश्वकप २०२६ ले नयाँ च्याम्पियन मात्र होइन, आधुनिक फुटबलका धेरै महान्…
Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित 'आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति…
Read More

रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक आज बस्दैछ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिका बिषयमा छलफल गर्न लामिछानेले सर्बदलीय बैठक बोलाएका हुन् । बैठक आज बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिएका छन् ।  
Read More