खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

विश्वप्रकाशको प्रश्न- प्रधानमन्त्रीको नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिमा रास्वपाको धारणा के हो ?

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै संवेदनशील कूटनीतिक विषयमा जिम्मेवार र सावधानीपूर्वक बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेको विषयमा शर्माले टिप्पणी गर्दै देशको प्रधानमन्त्रीले बोल्नु अघि धेरै पटक सोचेर मात्र बोल्नुपर्ने बताउदै कूटनीतिक रूपमा संवेदनशील प्रश्नमा संयम र परिपक्वता अझ आवश्यक हुने बताएका हुन् । शर्माले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै ‘सरकार बालेन’को मत मुख्य हो कि ‘व्यक्ति बालेन’को मत मुख्य भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो भन्ने प्रश्न पनि गरेका छन् । उनले सीमा मिचिएको हो…
Read More

चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै सीमा मिचिएको भन्ने दाबीको आधार सार्वजनिक गर्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने नीति लिएको र आफैंले कसैको भूमि मिच्ने काम नगरेको स्पष्ट पारेका छन् । बरु, नेपालको आफ्नै भूमि र राष्ट्रिय सीमाको संरक्षण तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले भनेका छन्- 'नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न…
Read More

रास्वपाको सचिवालय बैठक आजै बस्दै

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज राति ८ बजे भर्चुअल माध्यमबाट पार्टी सचिवालयको बैठक बोलाएका हुन् । समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा, विधान संशोधन , संघीय सांसदहरूको पार्टी जिम्मेवारी र विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा…
Read More

सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर मनाइँदै

काठमाडौँ । आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्र्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् । यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम…
Read More

विद्युत् प्रयोगमा भ्याट लगाउने निर्णय अविवेकी- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय अविवेकी निर्णय भएको टिप्पणी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब   ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ? भन्दै प्रश्न गरेका छन् । उनले नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् । उनले…
Read More