चितवन, १६ जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ। चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री बानियाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जानकारी दिनुभयो। उहाँले व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत उद्योगमैत्री कार्यक्रमहरू समावेश गरिने बताउनुभयो। मुख्यमन्त्री बानियाँका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंकिङ ब्याजमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ। यस्ता उद्योगहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा पुर्याउने नीति प्रदेश सरकारले अघि बढाएको उहाँले बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रको व्यवस्थापन गर्दै ऊर्जालाई…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड अस्वस्थ भएका छन् । प्रचण्डलाई केहि दिन अघिदेखि ज्वरो आइरहेको र हाल निमोनिया देखिएपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शनिबार बिहान अस्पताल पुगेका प्रचण्डको हाल स्वास्थ्य सामान्य भएपनि चिकित्सकको सल्लाह अनुसार भर्ना गरिएको बताइएको छ । अस्वस्थ भएकैले उनी शुक्रबारको बजे भाषणमा संसदमा समेत अनुपस्थित रहेका थिए ।
काठमाडौँ । गैरआवासीय नेपाली संघले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लक्षित गर्दै ल्याएका विभिन्न नीतिगत व्यवस्थाको स्वागत गरेको छ । संघले संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने नारालाई व्यवहारमा उतार्ने सरकारी घोषणालाई ऐतिहासिक कदमको रूपमा लिएको जनाएको हो । संघका अनुसार सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्दै राष्ट्र निर्माणको मूलधारमा समावेश गर्ने घोषणा गरेकाले विश्वभर रहेका नेपालीमा उत्साह थपिएको छ । बजेटमार्फत गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी…
काठमाडौं । सरकारले बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ । विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लिने गरेकोमा सरकारले अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर लागु गरेको हो । भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू पनि थपिएका छन् । जसका कारण विगतको तुलनामा इभि गाडीको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । २० लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी गाडीहरुमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी…