खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठक कार्यसूची रहेको छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले 'पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव, 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्' भन्ने प्रस्ताव,…
Read More
दैलेख पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न कांग्रेसको चेतावनी

दैलेख पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न कांग्रेसको चेतावनी

नेपाली कांग्रेसकी प्रमुख सचेतक वास्ना थापा ले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाका कारण उत्खनन कार्य प्रभावित भएको बताइन्। नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको यो परियोजनालाई तीव्र गतिमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। थापाले संसदमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमाथि पनि प्रश्न उठाइन्। सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिनुले संवैधानिक जिम्मेवारी र संसदीय मर्यादामाथि प्रश्न उठेको उनको टिप्पणी थियो। उनले नेपाली कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्दै सरकारका सकारात्मक कामलाई समर्थन र कमजोरीमाथि…
Read More

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि शुरु हुने बैठकमा आर्थिक बर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।  
Read More

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोलिदै

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिले वैशाख २६ गते प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा कुल १६ उजुरी परेको छ । समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबार सकिएसँगै समितिले प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ…
Read More

नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्दै

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्ने भएको छ । सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गर्ने बताएको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेको छ । सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको टिप्पणी गरेको छ ।  
Read More