खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

नेपाल बारको प्रतिक्रिया- सर्वोच्च प्रशासनको रवैया असाधारण र अप्राकृतिक

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतले विना कारण रिट दर्ता नगर्नु न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य भएको टिप्पणी गरेको छ । सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको बताएको हो । बारले भनेको छ- ‘न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो प्रष्ट धारणा छ ।' साथै अदालतमा विचाराधीन विषयमा संसद्‌मा…
Read More

गुगलले बदल्यो १५ जिबी नि:शुल्क स्टोरेजको नियम

काठमाडौँ । गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेज नीतिमा ठूलो परिवर्तन गरेको छ । अब नयाँ गुगल खाता खोल्ने प्रयोगकर्ताले पहिलेझैँ १५ जिबी निःशुल्क स्टोरेज नपाएर सुरुआतमै केवल ५ जिबी मात्रै पाउने भएका छन् । यसअघि नयाँ गुगल खाता बनाउने सबै प्रयोगकर्तालाई कम्पनीले स्वतः १५ जिबी क्लाउड स्टोरेज उपलब्ध गराउँदै आएको थियो । यही स्टोरेजमा धेरै प्रयोगकर्ताको जिमेल, तस्बिर, कागजात तथा अन्य सामग्री सजिलै अट्ने गरेको थियो । तर अब कम्पनीले नयाँ नियम लागू गर्दै प्रारम्भिक निःशुल्क स्टोरेज घटाएको हो । यद्यपि प्रयोगकर्ताले अझै पनि १५ जिबी भण्डारण पाउन सक्नेछन् । त्यसका लागि भने आफ्नो मोबाइल नम्बर खातासँग जोड्नुपर्ने नयाँ सर्त…
Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । एमालेको सचिवालय बैठक आज दिनको १ बजे पार्टी अध्यक्ष तथा  पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका हुन् । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने उनले बताएका छन् ।  
Read More

काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ ।  नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।  
Read More

पूर्व गृहमन्त्री सुधन गुरुङको विषय छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।  
Read More