खोज्नुहोस

खसरैवार

खसरैवार

913 Posts
ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गराएको देखेमा हटलाइनमा जानकारी दिन महानगरको आग्रह

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गराएको देखेमा हटलाइनमा जानकारी दिन महानगरको आग्रह

काठमाडौँ । ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना भएको देखेमा तत्काल हटलाइनहरुमा सम्पर्क गरेर जानकारी गराउन हुन  काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । महानगरले आफ्ना हटलाइन ९८५१३५६५०९ र ११८० मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरेको हो । महानगरले काठमाडौँआमा ग्यास र इन्धनको अभाव सिर्जना गरेको विषयमा निगरानी शुरु गरेको जनाएको छ । आयल निगमले भारतबाट नियमित आउने ग्यास र इन्धन आएपनि अभाव सिर्जना गरिएको भन्दै गत शुक्रबारबाट ग्यासको आधा सिलिण्डर बिक्रि गर्ने निर्णय गरेको छ ।  
Read More

चुनावी प्रचारमा बालबालिका प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्‍याली, सांस्कृतिक कार्यक्रम तथा दल-विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्‍याउने विषयमा उजुरी प्राप्त भएका छन् । नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिका…
Read More
शिक्षक तथा कर्मचारीलाई चुनावी प्रचारमा संलग्न नहुन आयोगको चेतावनी

शिक्षक तथा कर्मचारीलाई चुनावी प्रचारमा संलग्न नहुन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ । आयोगका अनुसार केही शिक्षक तथा कर्मचारी चुनावी प्रचारमा सक्रिय भएको भन्ने उजुरी प्राप्त भएपछि यस्तो चेतावनी जारी गरिएको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० अनुसार विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनमा सम्बद्ध कर्मचारीले कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था रहेको छ । त्यस्तै शिक्षा ऐन, २०२८ अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा संलग्न पाइए पदबाट…
Read More
निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन चिह्नको भौतिक प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा केही राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिह्नको भौतिक स्वरुप बोकेर प्रयोग गरेको भन्ने गुनासो आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनाइएका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढेको र सार्वजनिक शान्तिमा असर परेको भन्ने सूचना प्राप्त भएको जनाउदै कपडा, तुल, फ्लेक्स वा कागजमा छापी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न पाइने भए पनि भौतिक स्वरुपका चिह्न बोकेर हिँड्नु उपयुक्त नहुने आयोगले स्पष्ट गरेको छ ।…
Read More
फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो । आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ ।  
Read More