काठमाडौँ । पाकिस्तानले भारतसँग खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । दस दिनसम्म चलेको विवादपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतविरुद्धको खेल खेल्न निर्देशन दिएका हुन् । यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच पाकिस्तानको लाहोरमा छलफल भएको थियो । सो छलफलपछि गएराती आइसीसीले विश्वकपबाट बाहिरिएपनि बंगलादेशलाई थप कारवाही नगर्ने, आइसीसीका प्रतियोगिता बंगलादेशमा जारी नै राख्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसपछि जारी टी–२० विश्वकपअन्तर्गत भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको हो । यसअघि आइसीसीले बंगलादेशले भारतमा खेल्न नमानेपछि विश्वकपबाट बाहिर गर्दै स्कटल्याण्डलाई अवसर दिएको थियो । आइसीसीको सो निर्णयपछि पाकिस्तानले बंगलादेशको…
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज समुह ए अन्तर्गत नामिबिया र नेदरल्याण्डसबीच भारतको दिल्लीमा यो खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । नामिबियाले यस विश्वकप आफ्नो पहिलो खेल खेल्दैछ भने नेदरल्याण्डसले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । त्यस्तै आजको दोस्रो खेल समुह डी अन्तर्गत न्यूजील्याण्ड र युएईबीच खेल हुदैछ । यो खेल भारतको चेन्नईमा नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यो युएईको यस विश्वकपको पहिलो खेल खेल्दैछ भने न्यूजील्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यसैगरी आजको…
काठमाडौँ । 'एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू' भन्ने नाराका साथ आज यस बर्षको सुरक्षित इन्टरनेट दिवस मनाइदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ । विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । चाइल्ड सेफ नेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ…
काठमाडौ —काठमाडौ स्वयम्भू स्थित १२ औं एक्सेल्सियर कपको आयोजनामा रिब्स स्कुल छात्रा यू–१६ बास्केटबल सिनियर गल्र्सको फाइनलमा रिब्स बिद्यालयको जितमा निमिशा धामीले ८ स्कोर गरिन । यो उनको उत्कृष्ट प्रर्दशन हो । उनले गरेको ८ स्कोरले शिक्षक बिधार्थीहरु उतहित भए । निमिशाको यो खेल केवल उदहारण मात्र हो । हुम्ला सर्केगार्ड गाउपालिका जैर गाउ स्थायी घर भई हाल काठमाडौ चन्द्रगीरी नगरपालिका — ५ स्थित बलम्बुको रिब्स माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्यायरत निमिशाको बास्केटबल खेल प्रति रोजक छिन । दुर्गम गाउ बाट पढन शहर छरेकी निमिशाले बास्केटबललाई आफनो प्रेरणाको खेल बनाएकी छन । आफु पनि खेल्ने र साथीहरुलाई खेल्न हौसाला दिने…
काठमाडौँ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । त्यसैगरी आज तेस्रो खेल समुह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ । भारतको…