चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम अण्डा रु. ३३५ कायम भएको छ । यसअघि गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट रु. ५६५ पुगेको थियो । सङ्घका अनुसार नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएका कारण मूल्यमा गिरावट आएको हो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा धेरै कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता आएपछि किसानहरू निराश बनेको संघले जनाएको छ । संघले भारतीय अण्डाको आयात रोक्न…
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले उनको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । उनले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भएको उल्लेख गर्दै उनका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् । चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी…
जुम्ला - यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ । कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको…
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा हाल सम्म ७२ लाख ६० हजार छपाई गरेर ५ हजार ८२५ बाकस प्याकिङ्ग भई सकेको छ । आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको जानकारी दिएको छ । आयोगले ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको…
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुने स्पष्ट गरेकी छन् । विहिबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै दिन सम्पन्न हुने बताएकी हुन् । यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् । प्रधानमन्त्री कार्कीले भनिन्- 'मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ । निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन ।' जनक शिक्षा सामग्री केन्द्रमा अहिले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम भइरहेको छ । केन्द्रले प्रधानमन्त्री…