काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ७२ लाख ६० हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा हाल सम्म ७२ लाख ६० हजार छपाई गरेर ५ हजार ८२५ बाकस प्याकिङ्ग भई सकेको छ । आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकूम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ्ग सम्पन्न भई सकेको जानकारी दिएको छ । आयोगले ६० निर्वाचन क्षेत्रको छपाई सम्पन्न भइसकेको…
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुने स्पष्ट गरेकी छन् । विहिबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै दिन सम्पन्न हुने बताएकी हुन् । यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् । प्रधानमन्त्री कार्कीले भनिन्- 'मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ । निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन ।' जनक शिक्षा सामग्री केन्द्रमा अहिले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम भइरहेको छ । केन्द्रले प्रधानमन्त्री…
काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गरेको हो । आईपीओको लागि आजदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार…
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि युएईविरुद्धको वार्मअप खेल ७ विकेटले जितेर विश्वकपको राम्रो तयारी गरेको संकेत दिएको छ । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेल १० रनले हारेर नेपालसँग खेल्दैछ । नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन…
काठमाडौं । न्याय परिषदले १० जिल्ला जना न्यायाधीशहरूको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो । परिषदले बाराका न्यायाधिश भोलानाथ ढकाललाई न्याय परिषदमा. काठमाडौँका न्यायाधीश प्रकाश कुमार अधिकारीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश मदन बहादुर धामीलाई न्याय परिषदमा, मोरङक न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर अदालतमा, रौतहटका न्यायाधीश बिमला रेग्मीलाई काठमाडौँ अदालतमा. रुपन्देहीका न्यायाधीश नारायण सापकोटालाई काठमाडौँ अदालतमा, दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौँ अदालतमा, कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट अदालतमा र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषदमा सरुवा गरेको छ ।…