खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

देशभरका अस्पतालमा एमआरआई र सिटी स्क्यान जस्ता महँगा उपकरणको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको अवस्था, प्रयोग विधि र गुणस्तरबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न विज्ञ टोली गठन गरेको छ । उक्त टोलीमा वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद अधिकारी र रेडियोलोजिस्ट डा. हरिओम जोशी रहेका छन् । मन्त्रालयको निर्णयअनुसार टोलीले आवश्यक परे स्थलगत अनुगमनसमेत गर्नेछ । अध्ययनको मुख्य उद्देश्य उपकरणहरूको सही प्रयोग भइरहेको छ वा छैन भन्नेबारे यथार्थ अवस्था बुझ्नु हो…
Read More

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । यसअघिको सुशिला कार्की नेतृत्वको सरकारले आफ्नो ६ महिने कार्यकालमा सम्पत्ति विवरण सार्बजनिक गरेको थिएन ।  प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण यस लिंकमा हेर्न सकिन्छ:  
Read More

जेनजी घाइतेलाई निःशुल्क एमबिबीएसको अवसर दिने निर्णय नियम विपरीत छैन- शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको स्पष्ट गरेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएपछि मन्त्रालयले स्पष्ट गरको हो । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको स्पष्ट पारेको छ । साथै सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने…
Read More

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैंछ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो । आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो । रुसले यस दिवसलाई…
Read More

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष चयन गर्ने कार्यसूची

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन हुने कार्यसूची रहेको छ । उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला कुमारी भण्डारीको एक उम्मेदवारी परेकोले उनी निर्बिरोध निर्वाचित भएको घोषणा गरिने छ । त्यस्तै आज प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक बर्ष २०८०- ८१ को चौबिसौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।  
Read More