खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा एपीएफ क्लबको ६ खेलमा ५ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ६ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कर्णाली प्रदेश ६ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ५ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ । एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९…
Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ । आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन अध्यादेशहरु पहिलो 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, दोस्रो प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र तेस्रो नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेस, २०८२ रहेको छ । साथै आजदेखि नवनिर्वाचित सभामुख डिपी अर्यालले पहिलो पटक संसदको कारवाही संचालन गर्ने भएका छन् ।  
Read More

शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी छोडेको हो । सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् । सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले १० दिनको अनुमति दिएको छ ।  
Read More

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको चैत्र २२ गते दिउँसो करीव सवा ४ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बीच भागमा फसेका थिए । उनीहरु  तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षिय सागर भुजेल, २० वर्षिय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षिया…
Read More

संघीय मामिला मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना प्रकशित गर्दै अब सेवाग्राहीले मन्त्रालयका काम-कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्ने बताएको छ । गुनासो सहजकर्ताहरु उपसचिव, श्री विवेक घिमिरे, (गुनासो व्यवस्थापन केन्द्र प्रमुख) (सम्पर्कः ९८५११०२०८६ ) शाखा अधिकृत श्री लोक बहादुर लामा (सम्पर्कः ९८५१२७७२११) नायव सुव्वा श्री नवराज पराजुली (सम्पर्कः ९८५१२७७२१०) गुनासोको लागि E-mail: gunaso@mofaga.gov.np गुनासोको लागि WhatsApp/viber : ९८५१२७७२११, ९८५१२८८२१०  
Read More