खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
नेपाल पत्रकार महासंघ आज देखि ७१ औँ वर्षमा प्रवेश

नेपाल पत्रकार महासंघ आज देखि ७१ औँ वर्षमा प्रवेश

संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ आज बाट ७१ औँ वर्षमा प्रवेश गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि काम गरेको बताएकी छन । अध्यक्ष शर्मालृ महासंघले लामो समय देखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको अध्यक्षले बताइन । संचारकर्मीहरुको पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जाहेर गरेकी छन । अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल समेत गरेकी छन । महासंघको ७१ औं बर्ष स्थापना दिनेको उपलध्यक्षमा नेपाल पत्रकार…
Read More

लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो । शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।  
Read More

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा व्यवस्था गर्न विधेयक र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । यस अधिवेशनले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल र कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारिएको छ बुँदे संकल्पपत्र समेत सभामा प्रस्तुत गरिएको छ । सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठक गत माघ १८ गतेदेखि यही चैत १५ गतेसम्म गरी दश…
Read More

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले दिउसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठक बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक हो ।  
Read More

राष्ट्रपति समक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबार प्रधानन्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधिकरणहरूमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदन र प्रतिवेदनको संख्या १ लाख ६२ हजार ३४० र र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका २ लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत…
Read More