खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

बालेनको प्रधानमन्त्रीको शपथका लागि निकालियो शुभ साइत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी शुरु भएको छ । बालेन शाहले चैत्र १३ गते दिउँसो १२: ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्यसअघि विहिबार सांसदहरुले शपथ लिएपछि रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने समेत तयारी गरेको छ ।  
Read More

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई झण्डा हस्तान्तरण

काठमाडौं ।संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका…
Read More

महान्यायाधिवक्ताको कार्यालयको निर्णयले इन्टरनेट सेवा उद्योगलाई राहत- संघ

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघले महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले इन्टरनेट सेवा उद्योगलाई पनि राहत दिएको जनाएको छ । संघका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा महसुलसम्बन्धी विवादमा महत्वपूर्ण निर्णय गर्दै उपभोक्तालाई थप आर्थिक भार नपर्ने व्यवस्था स्पष्ट पारेको बताएका हुन् । लामो समयदेखि इन्टरनेट महसुल र दूरसञ्चार सेवा दस्तुरबारे अन्योल रहँदै आएकोमा अब कानुनी स्पष्टता आएको हो । महान्यायाधिवक्ताको कार्यालयले प्रचलित कानुनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले लिँदै आएको शुल्क प्रणाली सही रहेको निष्कर्ष निकालेको छ । निर्णयअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवामा कुल शुल्कको ५० प्रतिशतसम्म राखिने मर्मत-सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने र बाँकी सेवा शुल्कमा मात्र दस्तुर उठाउने अभ्यास कानुनी रूपमा…
Read More

निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारी र सुरक्षा अधिकारीहरूलाई गृहमन्त्री अर्यालको सम्मान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन्। सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका जिल्ला सुरक्षा समितिका पदाधिकारी रहेका छन् । यस अवसरमा मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए। उनले रक्तपातबिनै एकै चरणमा निर्वाचन सम्पन्न हुनु नयाँ…
Read More

प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् । प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।  
Read More