खोज्नुहोस

खसरैवार

खसरैवार

918 Posts

राष्ट्रिय सभा निर्वाचनमा को को विजयी भए ?

जुम्ला - आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको सातै प्रदेसको परिणाम समेत आएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जसपाले तालमेल गरेर भाग लिएको यस निर्वाचनमा उनीहरुका मात्र उम्मेदवार विजयी भएका छन् । यस निर्वाचन राप्रपाले बहिष्कार गरेको थियो । राष्ट्रिय सभाका रिक्त १० मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको हो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जनाको आज मतदानपछि परिणाम समेत आइसकेको छ । तीन दलको भागबण्डामा काँग्रेसले ९, एमालेले ८ र लोसपा (जसपा नेपाल) ले एक स्थानमा उम्मेदवारी दिएको थियो । जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध…
Read More
आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदै

जुम्ला - आज अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरी विश्वभर मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । यस बर्ष 'सतर्कता र प्रतिबद्धता मार्फत समाजको भन्सार संरक्षण' नाराका साथ ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज…
Read More

राष्ट्रिय सभाका १७ सदस्यको निर्वाचन आज हुदै

जुम्ला - राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको छ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए । यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुँदैछ । आयोगका अनुसार सात वटै प्रदेशमा मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभा…
Read More
आज ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

आज ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

जुम्ला। देशभर आज ७३ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । 'कुष्ठरोगको छ ओखती, सामाजिक लान्छना र विभेद मुख्य चुनौती' भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने गर्दछ । रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण…
Read More
पब्लिक डिबेटको लागि तयार छौँ- ओली

पब्लिक डिबेटको लागि तयार छौँ- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु पब्लिक डिबेटका लागि तयार रहेको बताएका छन् । ओलीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने भन्दै यसका लागि आफु तयार रहेको बताएका हुन् । उनले भनेका छन्:  नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट…
Read More