काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभा कक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।…
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । बिहीबार संघीय संसद सचिवालय नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो । दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गराउने तयारी भएको छ । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाइने संसद सचिवालयले जानकारी दिएको छ…
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । आयोगले विहिबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगबाट ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको हो । निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जानकारी दिएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचन खर्चलाई मितव्ययी…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ । राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् । प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।