खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउदै निर्वाचन आयोग

आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउदै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको हो । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज साँझ पत्रकार सम्मेलनको समेत आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर दुई तिहाई नजिकको…
Read More

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । अध्यक्ष दाहालले आज वालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी थिइन् ।  
Read More

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ बालाबेसीमा  काठमाडौंबाट शव लिएर गएको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा हेलिकप्टर पुर्णरूपमा क्षतिग्रस्त भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर ल्याण्डिङ भैसकेपछि अर्को ठाउँ थोरै सार्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।  
Read More

टुँडिखेलमा घोडेजात्रा समारोह सम्पन्न, राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्टहरु सरिक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा सरिक भएकी छन् । काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए । समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरुले पनि समारोह अवलोकन गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।  
Read More

स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणका लागि महानगर र वीर अस्पतालबीच सम्झौता

काठमाडौँ । महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो । यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरेको हो । स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको…
Read More