खोज्नुहोस

खसरैवार

खसरैवार

714 Posts
सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा

सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा

काठमाडौँ । काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो…
Read More
नक्कली भिपीएन र एक्सटेन्सनबाट सतर्क रहन गुगलको चेतावनी

नक्कली भिपीएन र एक्सटेन्सनबाट सतर्क रहन गुगलको चेतावनी

काठमाडौँ । गुगलले हालै एउटा नयाँ अलर्ट जारी गर्दै नक्कली भिपीएन एप र एक्सटेन्सनहरू द्रुत गतिमा बढिरहेको बताएको छ । यी एपहरू प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोर्न डिजाइन गरिएको भन्दै गुगलले सतर्क रहन आग्रह गरेको छ । नि:शुल्क भिपीएनका प्रयोगकर्ताहरू विशेष गरी जोखिममा हुने र गुगलले धेरै नि:शुल्क भिपीएन एपहरूले प्रयोगकर्ताको डेटा लग गर्ने, ट्र्याकरहरू स्थापना गर्छन् र नक्कली समीक्षाहरूद्वारा आफ्नो श्रेणीकरण बढाउने बताएको छ । अब, यी समूहहरूले मालवेयर फैलाउन यी एपहरू प्रयोग गरिरहेको गूगलले चेतावनी दिएको छ । नक्कली भिपीएन एपहरूले आफूलाई वास्तविक ब्रान्डको रूपमा प्रस्तुत गर्छन् । तिनीहरूले प्रयोगकर्ताहरूलाई एपहरू डाउनलोड गर्न लोभ्याउन भ्रामक विज्ञापनहरू वा ट्रेन्डिङ घटनाहरूको…
Read More
मधेशमा राजनीतिक संकट: उपसभामुखले चौरमा संचालन गरिन् प्रदेश सभाको बैठक

मधेशमा राजनीतिक संकट: उपसभामुखले चौरमा संचालन गरिन् प्रदेश सभाको बैठक

जनकपुरधाम । नयाँ सरकार गठन भएपछि शुरु भएको मधेशमा राजनीतिक द्वन्द अझै बढ्ने संकेत देखिएको छ । यसैक्रममा शनिबार उपसभामुख बबिता कुमारी राउत ईशरले मधेस प्रदेशसभाको बैठक खुला चौरमा संचालन गरेकी छन् ।  नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरेको उपसभामुख इशरले बताएकी छन् । प्रदेशसभा भवनकै अगाडिको परिसरमा सांसदहरू चौरमा बसे भने उपसभामुख ईशर एउटा कुर्सीमा उनको दुवैतिर नेपालको झण्डा राखेर बैठक चलाइएको थियो । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवको प्रस्तावमा बैठक बोलाइएको थियो । बैठकमा सभामुख रामचन्द्र मण्डलले सदनको मुख थुन्नका लागि बैठक आह्वान नगरेको र भए भरका कर्मचारीहरूलाई कार्यालयबाट भगाइदिएको हुँदा बाध्य भएर…
Read More
काँग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

काँग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यस अघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा उक्त बैठक सोमबार मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।
Read More
स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किएका छन् । नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए ।  
Read More